शिखर शुजले बनाउन थाल्यो सुरक्षाकर्मीलाई हुने बुट
###

 काठमाडौं। पार्टी सुजमा ब्राणडकोरूपमा स्थापित शिखर शुजले अब सुरक्षाकर्मीलार्इसमेत हुने बुट जुत्ता उत्पादन गर्ने भएको छ । कम्पनीको गोलढुंगास्थित कारखानामा पोली युरेथेन ९पियू० र डिएमएस बुट उत्पादन गर्ने नयाँ प्रविधि जडान गरेको छ । उक्त प्रविधिको उदङाटन शुत्रफबार अर्थमन्त्री डा रामशरण महतले गरे ।
 शुभारम्भ कार्यक्रममा अर्थमन्त्री महतले नेपाली जुत्ता चप्पल उद्योगका लागि चाहिने कच्चा पदार्थ र जुत्ता चप्पलको तयारी वस्तुमा कम्तिमा १५ प्रतिशतको अन्तर कायम राख्नुपर्ने उद्यमीहरुको मागमा सरकारले उचित ध्यान दिने बताए । सरकार लगानीलाई प्रोत्साहित गर्न कुनै कसर वाँकी नराख्ने उल्लेख गर्दै उनले फूटवेयर उद्योगमैत्री राजस्वनीति अवलम्बन गर्न सरकारले यद्यमीहरुसँग छलफल गर्न तयार रहेको बताए ।
शुक्रवारबाटै शुरु गरिएको मेसिन स्थापना भएसँगै शिखर शुजको कारखानाबाट परम्परागत सीप तथा नयाँ अत्याधुनिक मेसिनको समेत प्रयोग गरि कारखानाबाट जुत्ता तथा चप्पलहरु उत्पादन हुने भएको प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । अब शिखर शुज कन्भेयर मेसिन, पियू मेसिन र डिएमएस बुट बनाउन मेसिनले सुसज्जित भएको छ। कम्पनीका प्रवन्ध निर्देशक प्रसाइका अनुसार नेपाली जुत्ता उद्योगमा यति धेरै प्रविधि प्रयोग गरेर जुत्ता चप्पल उत्पादन गर्ने शिखर शुज एक मात्रै कम्पनी रहेको छ। नयाँ थपिएको डिएमएस मेसिनबाट दैनिक ४०० जोर बुट उत्पादन हुने कम्पनीले जनाएको छ। यसो भएमा नेपालमा सुरक्षाकर्मीहरुका लागि बुट जुत्ता सहज रुपमा नेपाली मूल्यमा उपलव्ध हुनेछ।

 यसैगरि थपिएको नयाँ पियु मेसिनबाट महिला र पुरुषका लागि जुत्ता चप्पलका साथै तयारी सोल बनाउन सकिने छ। यो मेसिन सञ्चालन पछि थप डेढ सय देखि २ सय नयाँ कामदार तथा कर्मचारीले काम पाउन सक्नेछन्। शिखर शुजमा स्थापना भएका सबै मेसिनहरु पूर्ण क्षमतामा सञ्चालन भएमा दिनमा १५ हजार जोडी जुत्ता चप्पल उत्पादन हुने तथा थप १५ सय देखि २ हजार जनाले रोजगारी प्राप्त गर्नेछन।
 नयाँ मेसीनवाट आम उपभोक्ताहरुलाई नयाँ नयाँ मोडलका गुणस्तरीय जुत्ता चप्पल उपलव्ध गराउँदै आएकोमा अब सुरक्षाकर्मीहरुलाई समेत लक्षीत गरेर वुट जुत्ता उत्पादन हुनेछ।

हाल शिखर सुजले करिव चार सय डीजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। पहिला छालाको पार्टी सुज मात्रै उत्पादन गर्दै आएको शिखरले पुरुषहरुले लगाउने सवै किसिमको फुटवेयर उत्पादन गर्दै आएको छ। शिखर सुजको कारखानावाट पार्टी सुज, क्याजुयल वेयर, वच्चाको स्कुल युनिफर्म, कलेज सुज, स्पोर्टस सुज र चप्पल उत्पादन हुदै आएको छ । यसका लागि कारखानामा ३०० भन्दा वढी कामदार तथा कर्मचारी काम गर्दै आएका छन्।

समग्रमा कारखाना र शिखर परिवारभित्र ४५० भन्दा वढीले प्रत्यक्ष रोजगार पाएको तथा शिखर व्राण्डले नेपाली जुत्ताको वजारमा सवैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको कम्पनीले जनाएको छ।
 २२ वटा एक्सक्लुसिभ फ्रेन्चाइज सोरुम र ७३ जिल्लामा फैलिएका १ हजार भन्दा वढी ठाउँवाट विक्री हुने सञ्जालका कारण पनि हामी नम्वर वान फुटवेयर व्राण्ड वन्न सफल भएको कम्पनीको दावी छ। यसमा सन्तुष्ट उपभोक्ताहरुको व्यापक समर्थनले पनि हामीलाई नम्वर वानमा कायम राखेको प्रवन्ध निर्देशक प्रसाइले बताए ।
####

0 comments

Write Down Your Comment