प्रहरी निरीक्षककोे घर सरसफाईमा प्रहरीजवान
###

महोत्तरीको बर्दिवासस्थित मुख्य चोकमा रहेको चौधरी मार्केट अगाडि विगत एक महिनादेखि केही हट्टाकट्टा युवाहरु हातमा बेल्चा र गौची लिएर खन्दै गरेको भेटिन्थे, देख्दा लाग्थौ ती परिश्रमी युवाहरु थिए। तर, आफ्नो लागि नभएर

उनीहरु हाकिमको आदेशको पालना गर्दै थिए, ती थिए नेपाल प्रहरीका बाहालवाला कर्मचारीहरु।

केही दिन यता ती प्रहरीको जवानको काम थियो बर्दिवासस्थित चौधरी मार्केट अगाडिको थुपारीएको माटो हटाउने र मिलाउने।

धनुषाको ढल्केवरमा राजमार्ग सुरक्षाको लागि दङ्गा नियन्त्रण बेश क्याम्पका ती प्रहरी जवानहरु प्रहरी निरीक्षक रामप्रकाश चौधरीको महोत्तरीको बर्दिवास ३ स्थित मुख्य चोकमा रहेका घरको काम र सरसफाईको लागि खटिएको रहस्य खुलेको छ।

प्रहरी निरीक्षक चौधरीले ती जवानहरुलाई घरको काम र सरसफाईको लागि केही दिन यता परीचालित गर्दै आएको रहस्य खुलेको हो। चौधरीको आदेश पालना गर्दै ती बहालवाला प्रहरी जवानहरुले काम गर्दै गर्दा भेटिएका थिए। प्रहरी ऐन र नियमावलीमा प्रहरी जवानलाई कनै पनि कसैको व्यक्तीगत कामको लागि प्रयोग गर्न नपाईने भए पनि प्रहरी निरीक्षक रामप्रकाश चौधरीले ती प्रहरी जवानहरुलाई आफ्नो व्यक्तीगत कामका लागि प्रयोग गरेका हुन्।

चौधरीको काम गर्दै गर्दा भेटिएका प्रहरी जवान अभिनास सिंहले आफूहरु प्रहरी नभई वाल्मिकी युवा क्लव जनकपुरका सदस्य भएको र आफन्तका कामको लागि जनकपुरबाट यहाँ आएर सहयोग गरेको भन्दै आफ्नो बचाँउ गरेका थिए। काम गर्दै गरेको फोटो संचारकर्मीहरुले खिच्न र सोधखोज गर्न थालेपछी काम गर्दै आएका उनीहरु केही समय नबित्दै काम छोडेर लाखा पाँखा लागेका थिए।

काम छाडेर हिडेका ती व्यक्तीहरुको बारेमा सोधखोज गर्दै जाँदा ती ६ जना दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा कार्यरत प्रहरी जवान भएको बुझीएको छ। चौधरीले घरको कामको लागि दैनिक जसो ढल्केवरबाट प्रहरी जवानहरुलाई बर्दिवासस्थित घरमा पठाई काम लगाँउदै आएका थिए।

यस बिषयमा प्रनि चौधरीले घर अगाडि नाला निमार्ण भईरहेको र ठेकेदारहरुले काम नगरेकाले आफूले काम लगाएको स्वीकार गरेका छन्।

यस घटनाको सम्बन्धमा बिस्तृत बुझ्न खोज्दा प्रनि चोधरीले केही बताउन चाँहेनन्। नेपाल सरकारको कर्मचारीलाई कुनै हाकिमले व्यक्तिगत कामको लागि घरमा प्रयोग गर्न नपाउने त्यसमा पनि घरमा ल्याएर काम गराउनु श्रम शोषण भएको प्रहरीका एक जिम्मेवार उच्च अधिकारीले बताए।

त्यसमा पनि प्रहरी संगठनमा झनै नपाईने भन्दै यो प्रहरी ऐन नियम बिपरीत भएको उनले बताए। उनका अनुसार ऐनमा त्यस किसीमको बिशेष व्यस्थामा नभएपनी प्रहरी प्रधान कार्यालयबाट बेलामौकामा हुने परीपत्रमा प्रहरी जवानलाई कुनै पनी उच्च अधिकृतले त्यस किसिमको घरायसी कामको लागि प्रयोग गर्न नपाईने र गराएको पाईएमा कारवाही हुने सम्मको आदेश भएको ती उच्च जिम्मेवार प्रहरी अधिकृतले बताए।

यस बिषयमा मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले घटनाको सम्बन्धमा आफूले बुझ्ने बताए। दङ्गा नियन्त्रण बेश क्याम्प ढल्केवरमा प्रहरी निरीक्षक चौधरीको नेतृत्वमा हाल ६० जना प्रहरी रहेका छन्।

राजमार्ग सुरक्षा तथा बन्दहडताल नियन्त्रणको लागि उक्त बेशक्याम्प राखिएको हो। आफू खटिएको स्थानमा शान्ति–सुव्यवस्था कायम गर्न हरहमेशा ड्य्टीमा रहनु पर्ने नेपाल प्रहरीका जवानहरु यदी प्रहरी कै घरायसी काममा र प्रहरीबाटै श्रमशोषणमा पर्दा रहेछन्।
####

,

0 comments

Write Down Your Comment