भैरहवा पुगेर गृहमन्त्री गौतमले भने-गुण्डागर्दी निर्मूल पार्छु
###

२९ चैत, भैरहवा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले भ्रष्टाचार, गुण्डागर्दी निर्मूल पारिछाड्ने बताएका छन् । शनिबार भैरहवामा एमाले रुपन्देहीको सातौ जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले गुण्डागर्दी निर्मूल पारेर जनताको सुरक्षा मजवुत बनाउने बताएका हुन् ।

 कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले कानुन हातमा लिएर कुशासन, भ्रष्टाचार र गुण्डागर्दी गर्नेमाथि कारबाही गरेरै छाड्ने दाबी गरे । ‘अहिले गुण्डागर्दी गरेर जनताको कमाई लुट्ने समुह अगाडि आएको छ, त्यो समूहलाई जेलमा हालेर सुधार्ने अभियान सुरु गरिसकेका छौं’ गौतमले भने ।
एमालेका भागमा परेका दशवटा मन्त्रालयबाट जनताको पक्षमा काम गर्ने बता गौतमको दाबी छ । संविधान बनाउन काग्रेससँग मिल्नुपरेको बताउँदै गौतमले कांग्रेसलाई दलाल र नोकरशाही पार्टी नभन्न अग्रह गरे ।
‘एमाले र कांग्रेसको मित्रता निकै पूरानो हो, मित्रताबिना कुनै काम सफल हुँदैन’, गौतमले भने, ‘कांग्रेस र एमाले मिलेर एक वर्षभित्र संविधान बनाउने अभियान जारी छ ।’
एमालेको उद्देश्यको एक वर्षभित्र संघीय लोकतान्त्रिक संविधान दिनु रहेको बताउँदै गौतमले त्यो भन्दा पहिला स्थानीय निकायको निर्वाचन गराउन नेपाली जनताले एमालेलाई साथ दिनुपर्ने बताए ।
एमाले नवौ महाधिवेशनबाट पुरानाले नयाँलाई नेतृत्व दिनुपर्ने गौतमको धारणा छ । ‘नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष पदको लागि केपी ओली उपयुक्त उम्मेदवार हुनुहुन्छ’ गौतमले भने ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव एवम् सभासद विष्णु पौडेलले रुपन्देहीे एक क्षेत्रमा जितेकाले यहाँ एमाले पराजित नभएको बताए । आफूहरु पराजित नभएको बताउँदै पौडेलले जिल्लाको कुनै पनि गाउँमा शिर झुकाएर नहिँड्न बताउँदै सबै समस्याको समाधान गर्न मिलेर अघि बढ्न अग्रह गरेका छन् ।
####

0 comments

Write Down Your Comment