एमाओवादीलाई मन्त्रीको जवाफ : न्यायलयमा हस्तक्षेप गर्न मिल्दैन
###

 धादिङ, वैशाख २ - भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले आन्दोलनको घोषणा गरेको एमाओवादीसँग सरकारले वार्ता गर्ने बताएका छन् । उनले अदालतमा पुगेको बिषयमा सरकारले हस्तक्षप गर्न नमिल्ने बताए ।

धादिङमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाओवादीले हत्या आरोपी पक्राऊको बिषयलाई लिएर गरेको विरोधप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा चितवन प्रहरीले १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेपछि एमाओवादीले देशभर प्रदर्शन गर्ने जनाएको छ । उसले सोमबारदेखि तीन दलको वार्तामा सहभागी नहुँने निर्णय गरेकेा थियो ।

'सर्वदलीय बैठकमा यस विषयमा छलफल हुन्छ, उनले भने, 'अदालतको आदेशको विषयमा मैले केही बोल्न मिल्दैन ।'

सरकारले न्यायालयले गरेको काममा हस्तक्षेप नगर्ने मन्त्री निधिले बताए । निधिले संविधान निर्माणमा एमाओवादीले बाधा नपुर्‍याउने विश्वास व्यक्त गरे ।
####

0 comments

Write Down Your Comment