पत्रकार महासंघको विधान संशोधनमा जोड
###

 २ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको विधानमा खुला सदस्यसहित संशोधन प्रस्ताव पारित गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पूरा गर्ने वातावरण बनाउन केही सभासदले माग गरेका छन् ।
 विधान शंसोधनबारे महासंघमा ध्यानाकर्षणपत्र बुझाउँदै केही सभासदले अघिल्लो महाधिवेशनको म्यान्डेड र पोखरामा पेश भएको विधान संसोधन प्रस्ताव आगामी महाधिवेशनबाट सर्वसम्मत पारित गरि कार्यान्वयन गर्न माग पनि गरेका छन् ।

सहमति नभए प्रकृयाबाटै अघि बढ्न मिल्ने भएकाले त्यसतर्फ सक्रिय हुनुपर्ने भन्दै ध्यानाकर्षणपत्रमा खुला केन्द्रीय सदस्यको व्यवस्थासहित विधान संसोधनमा विभिन्न संगठनले जनाएको प्रतिवद्धता सकारात्मक भएको उल्लेख छ ।

अघिल्लो महाधिवेशनबाट पाएको म्यान्डेट र साधारणसभामा दिएको निवेदनलगायत सबै प्रकृया भएपनि अहिले केही व्यक्तिले विधान संशोधनबारे वैधानिकताको प्रश्न उठाउन खोज्नु गलत भएकाले सचेत हुन पत्रकार तथा केन्द्रीय सभासदहरुलाई आग्रह गरिएको छ ।

सभासदहरु रामकृष्ण भण्डारी, दीपेन्द्र कुँवर, रोशन खड्का, योगेश ढकाल, लक्की चौधरी, माधव दुलाल, भगवान भण्डारी, अनिल थापा, मधुसुदन पन्थी र सुर्यकुमार क्षेत्री लगायतले बुझाएको ध्यानाकर्षण पत्रमा महासंघलाई श्रमजीवी र पेशाकर्मी पत्रकारको हकहितमा काम गर्न जोड दिइएको छ

####

0 comments

Write Down Your Comment