डा. वाग्लेको निधन
###


काठमाडौ, कार्तिक ७ - एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको बिहीबार निधन भएको छ । उनी राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना थिए । अस्पतालका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा उनको निधन भएको हो । अर्घाखाँचीमा लामो समय स्वास्थ्य सेवामा बिताएका वाग्ले त्यहाँका जनता माझ अत्यन्तै लोकप्रिय थिए । उनको उपचारका लागि देश विदेशबाट नेपालीहरुले सहयोग गरेका थिए । क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेका कारण उनको अवस्था गम्भीर बन्दै गएको थियो । उनले केही समय अगाडि नयाँ दिल्लीमा पनि उपचार गराएका थिए ।

####

0 comments

Write Down Your Comment