बाबुरामको गाडीमा आगजनी
###

रुपन्देही, ७ कार्तिक/ गोरखा १ र रुपन्देही ४ का उम्मेदवार रहनुभएका एकिकृत नेकपा माओबादीका नेता डा बाबुराम भट्टराईको गाडीमा अज्ञात समुहले गएराति रुपन्देहीमा आगजनी गरेको छ।

 चुनावी प्रचारमा खटिनु भएका नेता भट्टराईको ग १ च ५१५४ नम्बरको गाडीलाई रुपन्देहीको पर्वा गाविस वडा नम्बर ६ मा आगजनी गरिएको हो। राति पार्किङ गरेको अवस्थामा गाडीमा आगजनी भएको थियो। आगजनीबाट गाडीको अगाडीको भाग जलेको छ।

आगजनीमा सँलग्न भएको आशँकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनामा नेकपा माओबादीको सँलग्नता रहेको आशँका गरेपनि नेकपा माओबादीले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।
####

0 comments

Write Down Your Comment