बन्द हड्तालको जनताले प्रतिकार गर्छन्ः दाहाल
###

विराटनगर, कार्तिक ७ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालल मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले बन्दहडताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् । बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान निर्माणका लागि बन्दहडतालको कुनै अर्थ नभएको बताए ।

 उनले लोकतान्त्रिक संविधान निर्माणका लागि परिवर्तनकारी र सङ्घीयता पक्षधरसँग निर्वाचनमा सहकार्य गर्न आफूले पहल सुरु गरेको जानकारी दिँदै निर्वाचन भएको एक वर्षभित्र जसरी भए पनि संविधान बनाउने विषयमा मुख्य राजनीतिक दलबीच सहमति कायम भएको दावी गरे । अध्यक्ष दाहाल आज धनकुटा र तेह्रथुम जाने भएपछि नेकपा–माओवादीले ती दुई जिल्लामा रुख ढालेर बाटोहरु अवरुद्ध पारेको छ ।

####

0 comments

Write Down Your Comment