सुरक्षा नदिए चुनावमा जान नसक्नेःएमाले
###

एमाओवादीद्वारा आफ्ना कार्यकर्तामाथि संघातिक आक्रमण हुन थालेको भन्दै एमाले गोरखाले जिल्ला सुरक्षा समितिको ध्यानाकर्षण गराएको छ। अध्यक्ष रामशरण बस्नेत, उपाध्यक्ष विश्वेश्वर कट्टेल, उपसचिव यादव बस्नेत, राष्ट्रिय प्रतिनिधि परिषदकी सदस्य सम्झना देवकोटा लगायतका टोली गोरखाका प्रजिअ कृष्ण कार्कीको कार्यकक्षमा पुगेर निर्भयता साथ प्रचार प्रसार गर्ने वातावरण बनाउन आग्रह गरे।

सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीलाई उनीहरुले जिल्लाको सुरक्षा अबस्था दिनानुदिन कमजोर हुँदै गएको भन्दै निश्पक्ष र भयरहित ढंगले चुनाब हुन नसक्ने दाबी गरे।

साथै उनीहरुले एमाओवादीले निर्वाचन कार्यालयमा हालीमुहाली गरेकोले यस्तो गतिबिधि रोक्न र घ्याल्चोकको स्यूरेनीटारमा बुढीगण्डकी जलविद्युत आयोजनाको विकास समितिको कार्यालय स्थापना गरेर एमाओवादीले चुनावी प्रचार प्रसार गरिरहेकाले यसलाई रोक्न पनि आग्रह गरेका थिए।



####

0 comments

Write Down Your Comment