हामी भूमिगत हुँदैनौ,सेना वा पुलिससँग लड्दैनौ :वैद्य
###

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' ले नेपालका संसदवादी पार्टीहरु हुतिहारा पार्टी भएको बताएका छन्।


उनले तिनका नौटकीले गर्दा देशमा द्वन्द्व निम्त्याउन खोजिएको दाबी गर्दै भने, 'यसले गर्दा जनता आक्रोशित भएका छन्।'

नेपालमा राष्ट्रियताको सवाल प्रमुख बनेर आएको र वैदेशिक प्रतिक्रियावादले आफ्नो दलला एजेण्टमार्फत आफ्नो हितको सुरक्षा गर्ने काम उत्कर्षमा पुगेको बताउँदै उनले नेकपा–माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीद्धारा लिखित 'राष्ट्रियता र राप्ती दुन' पुस्तकको सार्वजनिक गरे। उनले अगाडि भने, 'यो चितवनको राप्ती दुनले देशलाई सचेत र सजग पार्ने काम गरेको छ।'

जबसम्म यस्ता तत्वहरु सत्तामा रहेसम्म नेपाल मुक्त हुन नसक्ने दावी गर्र्दै उनले भने, 'अहिले निर्दलिय सरकार बनाउने काम यस्तै तत्वहरको काम हो।' यस कार्यले नेपाल सिक्किमीकरणतर्फ गएको दाबी गर्दै तर्क गरे, 'यसैले हामीले चुनाव बहिस्कार गर्नुको अर्थ ऐतिहासिक महत्व बोकेको छ।'

उनले आसन्न चुनावको सक्रिय र सशक्त रुपमा बहिस्कार गर्ने बताए। उनले आफूहरु जनताको बिचमा गएर आफ्नो विचार राखी सकेको दाबी गर्दै भने, 'हामी भूमिगत हुँदैनौ। सेना वा पुलिससँग लड्दैनौ।' उनले यतिबेला पार्टीले कसैको हतियार नखोस्ने पनि जानकारी दिए।

'यो सब अफवाह हो' उनले भने। आफ्नो पार्टी विरूद्ध विषममन गर्न खोजिएको गर्न खोजिएकोमा आपत्ति जनाउँदै अध्यक्ष वैद्यले भने, 'हामी साम्राज्यवाद र विस्तारवादका भरौटेहरुको सामु कुनै हालतमा झुक्दैनौ।'

उनले एमाओवादीका अध्यक्ष प्रचण्डविरुद्ध आन्दोलन केन्द्रित भएको भन्ने प्रसंगमा उनले भने, 'यो स्वभाविक आक्रोश हो, यो साँचो हो कि हाम्रो विरुद्ध उहाँ बढी केन्द्रित हुनुभएकै हो।' उनले आफूहरको चुनाव बहिस्कार सान्दार रुपमा सफल भएको बताए।

अध्यक्ष वैद्यले भने, 'हामी नीति र सिद्धानतमा सफल भई सक्यौ, चार दल असफल भई सकेका छन्।'

संविधानको कुरा दोस्रो प्राथमिकताको सवाल भएको बताउदै उनले भने, 'यही प्रक्रियाले १,२,३ कुनै पनि हालतमा संविधान बन्दैन।' रगतको मुल्य जनताको संविधानमा अभिब्यक्त हन नसकेको दावी गर्दै गोलमेच सभा र संविधानको अन्तरबस्तुको विषयमा छलफल गर्न पनि नदिइएकाले आफुहरुले मात्र नभई आम जनताले यो निर्वाचनको विपक्षमा रहेको बताए।

उनले नेपालमा तीन समस्या रहेको र त्यसमा वाहुनवाद, साम्राज्यवाद र स्थानीय जातीय अहँकारवाद रहेको बताए। अध्यक्ष किरणले भने, 'यसका विरुद्ध कम्युनिष्टहरु एकताबद्ध रपमा जानु पर्दछ।'


####

0 comments

Write Down Your Comment