दिल्लीमा नेपाली क्रिकेट टोलीको चौथो जित
###
|
९ कात्तिक, काठमाडौं । दिल्ली भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार चौथो जित हात पारेको छ । ट्वान्टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले रेल्वे ११ लाई ५ रनले पराजित गरेको हो । रोशनारा क्लब मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
नेपालका लागि विनानेद भण्डारीले ३५ बलमा ४ चौकाको मदतमा ४२ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । सागर पुन २१, सुवास खकुरेल १३, वसन्त रेग्मी १२ र प्रदिप ऐरीले ११ रनको योगदान दिए । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा सरद भेसवाकरले ४, जितेन्द्र मुखियाले २ रन बनाए भने शक्ति गौचनले खाता नै खोल्न सकेनन् ।
रेल्वेजका हितेश कदम र करण ठाकुरले समान ३-३ विकेट लिए भने सामसुल हुदाले २ विकेट हात पारे । जवाफमा मैदान उत्रिएको रेल्वेजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । नेपालका अमृत भट्टराई र शक्ति गौचनले २-२ विकेट लिए भने जितेन्द्र मुखिया र पारस खड्काले समान १ विकेट हात पारे । नेपालले पर्सी इन्भिटेसनल ११ सँग खेल्नेछ ।
####
.jpg)





0 comments
Write Down Your Comment