'दाहालको अनुहार पनि देखिएन'
###
![]() |
काठमाडौ, कार्तिक ९ - सिरहा- सिरहा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको स्वागतका लागि बसेका उनका मतदाताले राम्रोसँग अनुहार हेर्न पनि पाएनन् ।
दाहालले सिरहाबाट पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनेर जिल्लाको विकास दिन पनि भ्याए ।
शुक्रवार सिरहा आएका दाहालले मुक्सार, जमदह, लालपुर र मुसहर्नियामा गाउँस्तरीय सभालाई सम्बोधन गरेका थिए । गाउँलेहरु आफ्नो दुःख सुख सुनाउने उदेश्यले भेटेर कुरा गर्न चाहेपनि अध्यक्ष दाहालले कुनै मतदातासँग कुरा गरेनन् ।
गाउँमा पुग्ने वित्तिकै माइक लिएर सभालाई सम्बोधन गर्न लाग्थे । र सम्बोधन पश्चात कुनै मतदातासँग कुृरै नगरी पुनः अर्को गाउँको सभा सम्बोधन गर्न हतार हतार कालो सिसा लगाइएको गाडीमा चढेर हुइंकिन्थे ।
दाहालसँग भेटेर सुख दुखका कुरा गर्छु भनेर सोचेकी चन्द्रलालपुर ८ की फूलमतियादेवी यादवले भनिन्, 'प्रचण्डको मुख पनि हेर्न सकिन्न । सुख, दुःखको कुरा त परै जाओस् ।' उनले भनिन्, 'चुनावी सभा भएको ठाउमा भेट नहुँदा आफ्नै घर अगाडि उभिरहे । तर धुलो उडाउदै आएका दर्जनौं गाडी र सयौं मोटरसाइकलको लामले पुनः धुलो उडाउँदै फर्के । एकछिन त गाउँ नै धुलोले अंध्यारो भए जस्तो भयो ।
####
0 comments
Write Down Your Comment