कसैलाई होच्याएर एमालेलाई अग्लो बन्नुछैनः नेपाल
###
![]() |
कहिले सुरुङ युद्ध, कहिले विदेशीसामू लम्पासर पर्ने नीति अख्तियार गर्दैनौँ'
काठमाडौं, कार्तिक ९ - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीले एमाओवादीले जस्तो कहिल्यै द्वैध नीति अख्तियार नगर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एमाले जहिल्यै पनि पारस्परिक हित र सम्मानका साथ चल्ने पार्टी भएकाले विश्वलाई नै मित्र शक्ति बनाउन चाहेको बताए । उनले एमालेले हिमाल, पहाड र तराई सबैतिरका जनतालाई उत्तिकै सम्मान गर्न चाहेको बताउँदै कुनै पार्टी वा व्यक्तिको मानमर्दन गर्ने पक्षमा नरहेको उल्लेख गर्नुभयो । 'कसैलाई होच्याएर हामीलाई अग्लो बन्नुछैन, हाम्रो उचाईं आफैं काफी छ, नेपालले भन्नुभयो,'नराम्रो काम गरे जनताले नै घृणा गर्नेछन् ।'
जनताले दण्डित गर्नुपर्ने पार्टी पहिलो पार्टी बनेकाले अघिल्लो पटक संविधान नबनेको स्मरण गर्दै नेता नेपालले आगामी ४ मंसिरको निर्वाचनमा जनताले समीक्षा गर्ने बेला आएको बताए । 'संविधानसभामा नेपालको भाषा नेपाली राख्ने कि नराख्ने भनेर माओवादीसँग झगडा गर्यौं, उनीहरुले बिरोध गरेर अरु नै भाषा स्थापित गर्न खोजे,' नेपालले भने, 'साझा भाषा प्रयोग नगरी नेपाललाई किन अन्योल र अस्तब्यस्त गराउन खोजे, अब उनीहरुलाई प्रश्न गर्नुहोस् ।'
भुवन केसी नेपालको चुनावी प्रचारमा
नायक भुवन केसी पनि नेता नेपालको प्रचारमा रहे । एमाले र नेपालको पक्षमा मत मात्रै मागेनन् उनले, सो क्षेत्रका उम्मेदवार एमाले वरिष्ठ नेता माधवकुमार नेपालललाई राष्ट्रकै 'वरिष्ठ नायक' को पनि संज्ञा दिए ।
एमालेका तर्फबाट समानुपातिकतर्फका उम्मेदवारसमेत रहनुभएका चर्चित वरिष्ठ नायक केसीले मत माग्ने क्रममा आफू यही क्षेत्रमा हुर्किएको स्मरणसमेत गरे ।
'कति साथी भेटिन्छन्, कति छुटिन्छन्, तर तपाईं-हाम्रो मनको कुरा बुझ्ने पार्टी एमाले, सूर्य चिन्हृ र नेता नेपाल नै हुनुहुन्छ, त्यसैले अहिले देशैभरी सूर्य चिन्हृको पक्षमा लहर आएको छ,' केसीले भने ।
####
0 comments
Write Down Your Comment