स्याङ्जामा प्रहरी र स्थानीयबासीबीच झडप, ८ घाइते
###

१२ कात्तिक, स्याङ्जा । स्याङ्जाको चापाकोटमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीषक कृष्ण थापासहितका ५ प्रहरी समेत छन् । घाइते २ जना स्थानीयको अवस्था पनि गम्भीर छ ।

असोज २७ गते झुण्डिएको अवस्थामा भेटिएकी माया विकले आत्महत्या गरेको रिपोर्ट प्रहरीले तयार पारेपछि स्थानीय आमा समूह र स्थानीय प्रहरी चौकी घेराउ गर्न गएका थिए । स्थानीयले प्रहरी चौकीमा ढुंगा हानेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको छ । अहिले अवस्था तनावपूर्ण रहेको बताइएको छ ।
####

0 comments

Write Down Your Comment