एमाओवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट
###

काभ्रे, कात्तिक ४ - संविधान सभाको निर्वाचनलाई लिएर काभ्रेको पाँचखालमा एकीकृत नेकपा माओवादी र एमालेका कार्यकर्तावीचमा कुटाकुट भएको छ । पाँचखाल–६ बमेक्से दोभानमा भएको कुटाकुटमा जैसिथोक –३ का एमाले कार्यकर्ता यज्ञप्रसाद न्यौपाने घाईते हुनुभएको छ ।

उहाँको अगाडीको ७ वटा दाँत भाँचिएको छ । न्यौपानेलाई जैशिथोक–९ का एमाओवादीका कार्यकर्ता जयराम अधिकारीले मुक्का हानेका थिए । न्यौपानेको चाबहिल स्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।
####

0 comments

Write Down Your Comment