पिसाबमा रगत देखियो ? खबरदार, क्यान्सर हुनसक्छ
###
|
यदि तपाइँको पिसाबमा रगत देखिने गरेको छ भने होसियार बन्नुहोस् र तत्कालै स्वास्थ्य परीक्षण गराइहाल्नुहोस् । किनकी यसरी पिसाबमा रगत देखिनु क्यान्सरको लक्षण हुनसक्छ । बेलायतमा मृगौलाको क्यान्सरका बारेमा जनचेतना फैलाउने अभियान संचालन गरिरहेकेा एक संस्थाका विज्ञहरुले यस्तोे दाबी गरेका छन् ।
उक्त संस्थाका अनुसार पिसाबमा रगत देखिनु पनि मृगौला तथा मुत्रासयको क्यान्सरको एक लक्षण हुनसक्छ । संस्थाले पछिल्लो समयमा जिवनशैलीमा आइरहेको परिवर्तनका कारण मृगौलाको क्यान्सरको जोखिम बढिरहेको समेत जनाएको छ । विज्ञहरुका अनुसार धूमपान तथा मोटोपन लगायतका कारणले मृगौलाको क्यान्सरको जोखिम बढ्ने गर्छ । मृगौलाको क्यान्सर सुरुवातमै पत्ता लगाउन सकियो भने विरामीलाई बचाउने सकिने तर रोग छिप्पिएपछि बिरामीको उपचारको सम्भावना निकै कम हुने विज्ञहरुको भनाइ छ । मुत्रथैलीको क्यान्सर भएका ८० प्रतिशत मानिसको पिसाबमा रगत देखिने गरेको छ भने मृगौलाको क्यान्सरका रोगीको पनि पिसाबमा रगत देखिन सक्छ ।
यद्यपि पिसाबमा रगत आउने विषयमा धेरै मानिस जानकारी नहुने गरेका र यसलाई सामान्य रुपमा लिने गरेका छन् । पिसाबमा रगत देखिएको थाहा पाउने तथा त्यसबारेमा सचेत बन्ने मानिस जम्मा एक तिहाइ हुने गरेका पब्लिक हेल्थ इंगल्याण्ड नामक संस्थाको भनाइ छ । स्मरण रहोस् इंगलिस पि्रमियर लिग खेल्ने क्लब वेस्ट ब्रुमिचले पनि यो संस्थाको मृगौला क्यान्सर विरुद्धको अभियानमा साथ दिइरहेको छ । यो विषयमा चेतना फैलाउनका लागि क्लबले आफ्नो स्टेडियममा एक शौचालयको प्रयोग पनि गरेको छ । यो अत्याधुनिक शौचालयमा पिसाब फेर्ने बित्तिकै एउटा सन्देश बज्छ, ‘यदि तपाइँको पिसाबमा रगत देखियो, चाहे एक पटक नै किन नहोस्, डाक्टरकहाँ गइहाल्नुहोस् ।’

####
.jpg)

0 comments
Write Down Your Comment