समानुपातिकको सूचि सार्वजनिक
###

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संविधान सभा चुनावका लागि समानुपातिकतर्फ राजनीतिक दलहरुले बुझाएको बन्दसूची आज सार्जजनिक गरेको छ ।

आयोगले कान्तिपथस्थित कार्यालयबाट बुधबार बन्दसूची सार्वजनिक कार्यक्रममा १ सय २२ दलको बन्दसूची सार्वजनिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले बताए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्द सूचीमा एमाओवादीमा पहिलो नम्बरमा पहिले पनि समानुपातिकका सभासद् दीनानाथ शर्मालाई राखेको छ भने एमालेबाट प्रवेश गरेको विवादास्पद पूर्व अर्थराज्यमन्त्री ल्यारकाल लामालाई सूचीको ६६ औं नम्बरमा राखेको छ ।
एमाओवादीमा हेमन्तप्रकाश ओली, राम कार्की, प्रल्हादकुमार बुढाथोकी, श्रीप्रसाद जबेगु, झक्कु सुवेदी, बलावती शर्मा, भक्तिप्रसाद पाण्डे, रेखा शर्मा, पदमलाल बिक, दिलीप महर्जन, जीवन गौतम, महेन्द्र पासवान, नन्दकुमार प्रसाईं, खिमलाल देवकोटा, देवी खड्कालगायत छन् । तल हेर्नुहोस् एमाओवादीबाट को को परे समानुपातिक सूचिमा सबैको विवरणसहित ।
यस्तै नेपाली कांग्रेसले प्रत्यक्षमा नलडेका अधिकांश केन्द्रीय नेतालाई समानुपातिकमा राखेको छ । कांग्रेसको सूचीमा कोषध्यक्ष चित्रलेखा यादव, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्बाङ, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, प्रकाशरण महत र मानबहादुर विश्वकर्मादेखि आनन्द ढुंगाना, महेन्द्र यादव, धनराज गुरुङ, देउवा पत्नी आरजु राणाको नाम पनि बन्दसूचीमा राखेको छ। पुरा नाम हेर्न तल जानुहोला ।
यसैगरी एमालेले भुवन केसीसहित विद्या भण्डारी, युवराज ज्ञवाली, भरतमोहन अधिकारी लगायतका शीर्ष नेताहरुलाई बन्द सूचीमा राखेको छ ।
एमालेले प्रदीप नेपाल, महेन्द्र पाण्डे, केशव वडाल, अष्टलक्ष्मी शाक्य, बंशीधर मिश्र, धर्मनाथ प्रसाद साह, परशुराम मेघी गुरुङ तथा रामकुमारी झाँक्री, पशुपति चौलागाई, गोकुल घर्तीलाई पनि समानुपातिकको सूचिमा राखेको छ । हेर्नुहोस् पुरा नाम तल ।
यस्तै राप्रपाले पार्टी अध्यक्ष सूर्यबहादुर थापालाई सूचीको पहिलो नम्बरमा राखेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री गोविन्दप्रसाद चौधरी, सुभान अन्सारी, विश्वनाथ प्रसाद यादव लगायतलाई सूचीमा राखेको छ । 'झम्के गुलेली' का गायकसहित श्रीमती सुशीला श्रेष्ठसँगै संघीय समाजवादीका अध्यक्ष अशोक राई र पदाधिकारी समानुपातिकमै परेका छन् ।
####

0 comments

Write Down Your Comment