डा.वाग्ले अचेत अवस्थामा, आइसियुमा राखेर उपचार गराउँदै
###

एपेन्डिक्सको क्यान्सर भएर मृत्यू कुरिरहेका डाक्टर चित्रप्रसाद शर्मा वाग्ले काठमाडौको धापासीस्थित ग्र्यान्डी हस्पिटलमा उपचार गराईरहेका छन् । उनी अहिले अचेत अवस्थामा रहेको पारिवारितक स्रोतले जानकारी दिएको छ । नियमित चेकजाँचको क्रममा आइतबार अस्पताल लैजादा स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखेर उपचार गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।


 डेढ महिनाअघि भारतको राजीव गान्धी अस्पतालमा १३ महिनाको उपचारबाट रोग निको नहुने भएपछि घर फर्किएका थिए । अर्धाखाँचीमा बसेर १२ वर्ष डाक्टर भएर सेवा गरेका वाग्लेको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका थुप्रै नेपालीले खर्च जुटाएका थिए ।

४६ वर्षीय वाग्लेको दुई छोरी र एउटा अपाङ्ग छोरा छन् । थाइल्यान्डमा विश्व स्थास्थ सगठनको फेलोसिप पाएर एमडी गर्न पुगेका बेला वाग्लेले आफूलाई एपेन्डिक्सको क्यान्सर भएको थाहा पाएका थिए । क्यान्सर शरीरमा नफैलियोस् भन्नका लागि पेटबाहिर आन्द्रालाई छुट्टै थैलीमा राखिएको थियो ।
####

0 comments

Write Down Your Comment