भोट माग्न खेतमै पुगे उम्मेदवार
###

नेपालगन्ज,कात्तिक ५ – चुनाव नजिकिँदै जाँदा बाँकेमा उम्मेदवारहरु भोट माग्न धान खेतमै पुगेका छन् । धान काट्न खेतमा पुगेका मतदातालाई भेट्न उम्मेदवारहरु खेतमै पुगेका हुन् । उम्मेद्वारहरुले खेतबारीमै पुगेर आफूलाई भोट दिन आग्रह गरिरहेका छन् ।


बाँकेका चार निर्वाचन क्षेत्रमा एक सय १५ जना उम्मेद्वार रहेका छन् । नेपालगन्ज नगरपालिका र बजार क्षेत्र बाहेक अधिकांश उम्मेद्वारहरु समर्थकसहित भोट माग्दै यतिबेला खेतबारीमै पुग्ने गरेका छन् । ‘गाउँमा प्रचारप्रसारको लागि पुग्दा अधिकांश मतदाता खेतमा धान काट्दै हुनुहुन्छ,’ बाँके क्षेत्र नं ४ का नेकपा एमालेका उम्मेद्वार दलबहादुर सुनारले भन्नुभयो, ‘मतदातासँग भोट माग्दै खेतबारीसम्मै पुग्ने गरेका छौं ।’

 उम्मेद्वार र उनीहरुका समर्थकहरु हिलाम्मे खेतमा नमस्ते गर्दै भोट माग्न आउन थालेपछि ग्रामिण भेगका मतदाताहरु भने आश्चर्यमा परेका छन् । दशैं सकिएलगत्तै बाँकेका कृषकहरु धान काट्न व्यस्त छन् । तिहार र छठ पर्व नजिकिदै गरेका कारण पनि कृषकहरुलाई बारीमा पाकेको धान भित्राउन भ्याइनभ्याई भएको छ ।
####

0 comments

Write Down Your Comment