कांग्रेसको लिम्बू संघका अध्यक्ष एमाओवादीमा
###

६ कात्तिक, सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन लिम्बू संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङले पार्टी परित्याग गर्नुभएको छ । नेपाली कांग्रेस जातीय पहिचानको विरोधी भएको भन्दै माबुहाङ एमाओवादीमा प्रवेश गर्ने हुनुभएको छ । ‘

मैले कांग्रेस छाडें ।’ लिम्बू जातिको र संस्कृतिबारे विभिन्न पुस्तकसमेत लेखेका माबुहाङले भन्नुभयो,’कांग्रेसले लिम्बु संघलाई मान्यता दिएन र पहिचानविरोधी देखियो ।’ मंगलबारबार कांग्रेस परित्यागको घोषणा गरेका माबुहाङ विहीबार तेह्रथुममा एमाओवादीका अध्यक्ष प्रचण्डका हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गर्ने कार्यक्रम छ ।

माबुहाङ एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको धेरै समय भएको थिएन । उहाँ आदिवासी जनजाति नेता बालकृष्ण माबुहाङका भतिज हुनुहुन्छ । कांग्रेस परित्याग गरेका अर्जुनका बुबा डम्बर माबुहाङ भने तेह्रथुमका नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ ।
####

0 comments

Write Down Your Comment