###
|
ताप्लेजुङमा उम्मेद्वारमाथिको आक्रमण थप रहस्यमय
९ कात्तिक, काठमाडौं ।
ताप्लेजुङको विकट गाउँमा एमाओवादीका उम्मेद्वार सञ्चपाल मादेनको टोलीमाथि शांघातिक आक्रमण हुँदा त्यहाँ पाँच जना प्रहरी उम्मेद्वारको सुरक्षामा तैनाथ थिए । आक्रमणकारीले प्रहरीकै बन्दूक खोसेर उम्मेद्वार र अन्य माथि कुन्दाले प्रहार गरेका थिए । एक उम्मेद्वारको सुरक्षामा ५ जना प्रहरी बन्दूकसहित खटिनु मादेनका लागि निकै ठूलो सौभाग्य हो । तर, हातमा बन्दूक बोकेका प्रहरीको हातबाट बन्दूक खोजेर उम्मेद्वार घाइते बनाइएको सुन्दा नेपाल प्रहरीको सुरक्षा व्यवस्था कति चुस्त र प्रभावकारी छ भन्ने स्पष्ट देखिएको छ । हातमा भएको बन्दूक खोजेर कुन्दाको प्रहार खाएर र्फकनु भएको लाजमर्दो विषय हो ।
यही अवस्था हुने हो भने नेपाल प्रहरीले दुर्गम गाउँमा चुनावी सरक्षा गर्न सक्नेमा शंका गर्न सकिन्छ । घटनामा प्रहरीको हतियार खोसिनु र प्रहरीमाथि चाहिँ कुनै आक्रमण या कुटपिट नहुनुले घटनालाई झनै रहस्यमय बनाएको एमाओवादी नेताहरुले बताएका छन् । सुरक्षा सिद्धान्तअनुसार प्रहरी कार्यालयमा मात्रै नभई गाउँ वा जंगल जहाँ बासबस्दा पनि हतियारधारी सेना, प्रहरीले राति सबैजना एकैपटक निदाउन पाइँदैन ।
पाँचजनाकै संख्यामा भए पनि ४ जना सेतेका बेला एकजना सेन्ट्री बसेको हुनुपर्छ । राति कतैबाट आक्रमणकारी प्रवेश गरे सेन्ट्रीले सबैलाई जगाउनुपर्छ र प्रतिरक्षाका लागि गोलीसमेत चलाउनुपर्ने हुन्छ । तर, ताप्लेजुङको घटनामा प्रहरीले न कसैलाई सेन्ट्री राखेको थियो, न त घटनाका क्रममा फायरिङ नै खोल्न सक्यो । यसैवीच, घाइते भएका एमाओवादी उम्मेद्वार मादेनलाई टाउकोमा लागेको चोटको उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले काठमाडौं पठाउन सिफारिस गरेको छ । शुक्रबार बिहान ३ बजेतिर सुतिरहेको ठाउँमा वैद्य पक्षका कार्यकर्ताले उम्मेद्वार मादेनको टोलीमाथि आक्रमण गरेपछि १६ जना घाइते बनेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment