‘डन’ दिपक मनाङ्गे धरौटीमा छुटे
###

६ कात्तिक, काठमाडौं । गुण्डागर्दी गरेर अवैध सम्पत्ति जोडेको आरोपमा थुनामा रहेका ‘डन’ दिपक मनाङ्गे धरौटीमा रिहा भएका छन् । विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि मनाङ्गेलाई गत भदौं ४ गते जेल चलान गरिएको थियो ।



मनाङ्गे सुन्दरीजलको १८ रोपनी १५ आना जग्गा धरौटी राखेर रिहा भएको अदालतले जनाएको छ । १४ करोड ७३ लाख ३१ हजार सम्पत्तिको स्रोत नखुलेको दावी गर्दै सम्पत्ति शुद्धीकरण विभागले मनाङ्गविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले अदालतमा उपस्थित गराउँदा मनाङ्गेको हातमा हतकडी लागेको थियो । तर, उनी चिटि्क्क परेको कोटपाइन्टमा सजिएका थिए भने कालो चश्मा पनि लगाएका थिए । अदालत परिसरमा आफ्ना सर्मथक देखेपछि उनी हाँदै भित्र गएका थिए ।

अदालत प्रक्रिया पूरा गरि धरौटीमा रिहा भएपछि मनाङ्गेलाई समर्थकहरुले खादा र माला लगाइदिएका थिए भने उनको पक्षमा नाराबाजी गरेका थिए । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले कुनै दलले नलाग्ने र राम्रो उम्मेदवारलाई जिताउन सहयोग गर्ने बताए ।
####

0 comments

Write Down Your Comment