दिल्लीमा फेरि सामूहिक बलात्कार
###

काठमाडौं–७ कात्तिक । भारतमा सामूहिक बलात्कारका घटना पटक पटक हुने गरेका छन् । यसैक्रममा पछिल्लो पटक राजधानी नया दिल्लीमा फेरि पनि युवतीमाथि सामूहिक बलात्कार भएको छ । राति कारमा सवार युवतीमाथि तीन जनाले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अभियुक्तहरु फरार रहेको तर घटनामा प्रयोग गरिएको कार भने प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न तीनै जनालाई आफूले चिन्ने पीडित युवतीले महिलाले जनाएकी छिन् । उनले तीनै जनाको नाम उल्लेख गरी जाहेरी दिएकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत वर्षको डिसेम्बरमा दिल्लीमा गुडिरहेको बसमा २३ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने चार जनालाई फासीको सजाय सुनाएको केही महिना वित्न नपाउलै सोहि प्रक्रितिको सामूहिक बलात्कारको घटना भएको हो ।

####

0 comments

Write Down Your Comment