बालकृष्ण ढुंगेलको उम्मेदवारी खारेज गर्न माग
###

काठमाडौं, कार्तिक ७ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेललाई एकीकृत माओवादीले समानुपातिकतर्फ उम्मेदवार बनाएपछि नागरिक समाजका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।


आज राजधानीमा भएको कार्यक्रका सहभागीहरुले अदालतबाट दोषी प्रमाणित ब्यक्ति उम्मेदवार बन्न नपाउने निर्वाचन ऐन विपरित ढुंगेललाई उम्मेदवार बनाइएको भन्दै आपत्ति जनाए । उनीहरुले ढुंगेलको उम्मेदवारी तत्काल खारेज गर्न समेत माग गरेका छन् । सर्वोच्चले ढुंगेललाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी प्रमाणित गरेको हो ।
####

0 comments

Write Down Your Comment