रोनाल्डो तेस्रो सर्वाधिक गोलकर्ता
###

७ कात्तिक, काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनान्डो च्याम्पियन्स लिग फुटबलका तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार राति भएको समूह चरणको खेलमा रियल मड्रिडले युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गर्दा दुबै गोल रोनाल्डोले गरेका थिए ।


जसमा एक गोल पेनाल्टीमा गरेका हुन् । यससँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या ५७ पुगेको छ । यसअघि उनी म्यानचेष्टर युनाइटेडका रुडभन्दा पछि थिए । उनले ५६ गोल गरेका थिए । अब रोनान्डोभन्दा अगाडि बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी र राउल छन् । मेस्सीले ६२ गोल गरेका छन् । रियल मड्रिडका पूर्व खेलाडी राउलले सर्वाधिक ७१ गोल गरेका छन् । आर्सनलका थिएरी हेनरी ५० गोलसहित चौथो स्थानमा छन् ।
####

0 comments

Write Down Your Comment