###
|
सल्यान, कातिक ७ – सल्यानको कोटवारामा एकीकृत नेकपा माओवादी र नेकपा– माओवादीका कार्यकर्तावीच झडप भएको छ ।
चुनाव प्रचारका लागि गएको एकीकृत नेकपा माओवादीको टोली र नेकपा– माओवादीविच बिहीबार दिउँसो कोटवारा ५ मा झडप भएको हो ।
झडपमा एकीकृत नेकपा माओवादीका खिमबहादुर विक र मंगल खत्री तथा नेकपा– माओवादीका नारायण चन्द घाइते भएका छन् । वाफुखोलाको चुनावी सभा सकेर फर्कदा माथिबाट नेकपा– माओवादीका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडप भएको एकीकृत नेकपा माओवादीले जनाएको छ ।
नेकपा– माओवादीले भने एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्ता नारायण चन्दलाई कुटपीट गरेपछि स्थानीयवासिन्दाले प्रतिकार गरेको बताएको छ । प्रहरीले भने घटनाको यथार्थ विवरण आइनसकेको बताएको छ ।
यसअघि उम्मेदवारी दर्ताका दिन असोज १७ गते पनि जिल्ला सदरमुकाममा दुई माओवादीवीच भएको झडपमा दुवै पक्षका एक दर्जन घाइते भएका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment