नेपाली क्रिकेट टोलीद्वारा रेलवेज ११ पराजित
###

८ कात्तिक, काठमाडौं । दिल्ली भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार चौथो जित हात पारेको छ । शुक्रबार भएको खेलमा नेपाली टोलीले रेलवेज ११ लाई ३ रनले पराजित गरेको हो । यसअघि दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग भएको ३ मध्ये दुई खेल जितेको थियो भने एक खेल गुमाएको थियो । दिल्लीमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले अविजित ४४ रन बनाए पनि अन्य व्याट्सम्यान चल्न सकेनन् । प्रदिप ऐरीले १९ रन बनाए भने अमृत भट्टराई, सरद भेसवाकर र सागर पुन समान ६ रनमा आउट हुँदा राहुल विक ३, विनोद भण्डारी २ र सुवास खकुरेल, बसन्त रेग्मी र ज्ञानेन्द्र मल्ल समान १ रनमा पभेलियन फर्किए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हिटेश कदम र शक्शुल हुदाले समान ३-३ विकेट लिए । जवाफमा मैदान उत्रिएको रेलवेज ११ ले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो । नेपालका लागि सागर पुनले ३ ओभरमा १ मेडन राख्दै ९ रन दिएर ३ विकेट लिए । अृमत भट्टराईले २ तथा बसन्त रेग्मी र पारस खड्काले समान १-१ विकेट लिए । अर्को अभ्यास खेल शनिबार हुनेछ ।
####

0 comments

Write Down Your Comment