जनताले संविधान धूजा-धूजा पारेर च्यात्छन् : वैद्य
###
![]() |
काठमाडौ, कार्तिक ९ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुको सहभागिताबिना बन्ने संविधान जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।
जनयुद्धमा रहेको महत्त्वपूर्ण शक्तिलाई बाहिर राखेर बन्ने संविधान साँचो अर्थमा जनताको संविधान नबन्ने उनको भनाइ छ ।
'जनयुद्धमा रहेको ठूलो शक्तिलाई पाखा लगाएर जसरी अघि बढ्ने काम भयो,' राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने, 'यो नितान्त गलत हो, साँचो अर्थमा जनताको संविधान बन्ने वाला छैन, जनताले त्यस्तो संविधानलाई च्यातेर धूजा-धूजा पार्नेछन् ।'
####
0 comments
Write Down Your Comment