नेवा:खल इजरायलले म्ह:पूजा तथा नेपाल सम्वत ११३४ को कार्यक्रम सम्पन्न
###

इजरायलमा रहेका नेवारी समुदायहरुको संस्था नेवा: खल इजरायलले गत ८ नोभेम्बर शुक्रबार तेलअभिभको यसोधमाला २० स्थित एउटा हलमा नेपाल सम्बत ११३४ को सुभारम्भसंगै नयाँ बर्षको शुभकामना आदानप्रदान तथा नेपाली नेवारी समुदायको एक विशेष पर्व म्ह: पूजा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

नेवा खल इजरायलको अध्यक्ष तेज बहादुर श्रेष्ठको सभापतित्व तथा इजरायलका लागि नेपाली राजदूत महामहिम श्री प्रल्हाद कुमार प्रसाई ज्युको प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रम संचालन तथा उद्द्घोसन संस्थाको सचिब श्री रन्जु बाबा श्रेष्ठ ज्युले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाकै सह-सचिब श्री कादम्बरी दाना श्रेष्ठ ज्युले दिनुभएको थियो| साथै संस्थाको अध्यक्ष श्री तेज बहादुर श्रेष्ठ तथा उपाध्यक्ष श्री विन्दिया महर्जन ज्युले महामहिम तथा उहाको धर्मपत्नीलाइ खादा,टोपी तथा दोसल्ला ओडाइ स्वागत गर्नुभएको थियो|अत्यन्तै उल्लासमय उक्त कार्यक्रमको विशेष अतिथीहरुमा नेपाली राजदूतावास तेलअभिवका उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल र सुन्दर सिंह लामा तामाङ रहेका थिए भने अतिथीहरुमा संयुक्त राष्ट्रसंघिय चिकित्सक डा. ध्रुव कोइराला, डा. अनिल तिवारी, विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरु, सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, धार्मिक संस्थाका प्रतिनिधिहरु,साथै इजरायलमा रहेका नेपाली समुदाएको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी महामहिम ज्यु तथा कार्यक्रमका सभापतीद्वारा सदा झै म्ह: पूजा समारोह २०७०, न्हू दया भिन्तुना ११३४ लेखिएको केक काटी दिप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी महामहिम ज्युले आत्मा, शरिरको पूजा गर्ने विशेषता बोकेको उक्त म्ह: पूजा पर्वको महत्वमाथि प्रकाश पार्दै अन्य समुदायका कुनै पनि चाडपर्वहरुको दाँजोमा भिन्न भएको बताउनुभएको थियो । उहाले नेपाल सम्वतको इतिहासबारे पनि चर्चा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ने.आ.ज.म.का अध्यक्ष सुन्दरसिंह लामा तामाङले रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत नेपालीहरुमा सानो सानो समुदायमा रहेका नेवारी समुदायले आफ्नो धर्म संस्कृती, भाषा भेषभुसाको जगेर्ना गर्दै सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आइरहेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभएको थियो । तामाङले म्ह: पूजा तथा नेपाल सम्वतको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती तेज वहादुर श्रेष्ठले नेवा खल इजरायलद्वारा आयोजित उक्त म्ह: पूजा तथा नयाँ बर्ष ११३४ कार्यक्रम कुनै जातिय कार्यक्रम मात्र नभएर इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्न सक्ने गरी आयोजना गरिएको राष्ट्रिय कार्यक्रम भएको बतानुभएको थियो । उहाँले कार्यक्रलाई सफल गराउन निरन्तर साथ र सहयोग उपलव्ध गराउनुहुने नेवा खल इजरायलका सम्पूर्ण पदाधिकारीहरुलाई तथा मिडियाकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत सम्पूर्णमाथि हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा संस्थामा रही संस्थाको हितको निम्ती योगदान पुर्याउदै आइरहेका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथीको हातवाट प्रशंसा तथा कदरपत्र प्रदान गरिएको थियो ।
म्ह पूजा नेवारी समुदायको एक बिशेष पर्व भएपनि अत्यन्तै आत्मिय सम्वन्ध वनाईराखेका इजरायलबासी नेपालीहरु नेवार तथा गैर नेवार सबै भेला भइ आपसी सद्भाब र भाइचारको सम्वन्धलाई अझ प्रगाढ बनाइराख्ने हेतुले आयोजित उक्त कार्यक्रममा म्ह: पूजा, सुभकामना आदानप्रदान, नाच तथा विभिन्न नेवारी खानाका परिकारहरुको साथमा म्हपूजा मनाएका थिए( नेवार रन्जुको सहयोगमा)






####

0 comments

Write Down Your Comment