"काम नगर्नेले क्यान छाडे हुन्छ"
###
|
काठमाडौ, कार्तिक १६ - पछिल्ला दुई महिनादेखि धेरै मिहिनेत गरे पनि विश्वकप तयारी निराशाजनक भइरहेको छ । दिल्ली यात्रा पहिलेको भन्दा राम्रो हो । पछिल्ला दुई-तीन खेल राम्रो भएनन् । क्यान (नेपाल क्रिकेट संघ) बाट सहयोग भइरहेको छ । तर जति सहयोग छ, त्योभन्दा बढी चाहिन्छ । हामीले सोचेको जस्तो दिल्ली यात्रा भएन । प्रतियोगिताको अभ्यासका लागि १० दिनमात्र बाँकी छ । त्यो हामीले पहिले बताइसकेका छौं । यू-१९ छनोट प्रतियोगिता भइरहेको छ । त्यसले गर्दा अभ्यास गर्ने मैदान छैन ।
मैले मिडियामा आईसीसीबाट क्यानलाई फाइन लगाएको पनि सुनेको थिएँ । कुनै खेलाडीले राम्रो खेल्दैन भने टिमबाट हट्छ । क्यानमा पनि काम गर्न सक्दैन भने क्वीट गरे हुन्छ । क्यानमा ३०/३५ सदस्य छन् । तर काम गर्ने ५-६ जना मात्र छन् । मिडिया वा न्युजबाट थाहा हुनु जरुरी छ, यदि काम गर्न सकिँदैन भने छाडे हुन्छ । त्यस बारेमा सम्बन्धित निकायले कदम चाल्नुपर्छ । काम गर्ने ४-५ जनामात्र भए, काम गर्नेलाई पनि दोष लाग्छ ।
दुई वल्र्ड कप छनोट स्टेजमा छौं । यो बेलामा हामीलाई मैदानको सेन्टर पिचमात्र होइन, अभ्यासका लागि मैदान पनि छैन् । हामी -खेलाडी) ले आफूलाई जति पुस गरे पनि क्यानबाट तयारी नै छैन । टिमबाट ठूलो आस गरेका जनताले थाहा पाउनुपर्छ, केही भइरहेको छ भनेर । अभ्यासका लागि रेडी नै छैन तर केही कुरा गरे भने माग गरेजस्तो मात्र हुन्छ । कति राम्रो कुराहरू पनि भएका छन् । बेसिक कुराहरू ध्यान नदिएपछि ठूला-ठूला गफ गर्नु बेकार छ । बेसिक सुविधा छैन, हामी बाहिरका प्लेयर ल्याएर खेलाउने, प्रतियागिता गराउने कुरा गछौं । तर हामी घरेलु प्रतियोगिता नै राम्रोसूग सञ्चालन गर्न सक्दैनौं । बाहिरलाई ल्याएर गर्न गाह्रो हुन्छ ।
क्यानका सदस्यहरूले कि छाड्नु पर्यो कि काम गर्नु पर्यो । सम्बन्धित निकायले हेरिदियोस् । हामीले क्यानलाई भनेका छौं, यो खेल -यू-१९ छनोट) महत्वपूर्ण छैन ।
सबैलाई थाहा हुनुपर्छ । क्रिकेट बुझ्नेलाई थाहा छ, खेलाडीको मिहिनेतले गर्दा क्रिकेट यहाँसम्म पुगेको हो । हामी वल्र्ड कप छनोटको तयारीमा छौं । यो एउटा ग्राउन्ड छ । हामीलाई क्यानको सपोर्ट छ तर जति पाउनु पथ्यो, पाएका छैनौं । मैले सबै खेलाडीको धारण बोलेको हँु । मलाई यति थाहा छ की म पहिले खेलाडी, अहिले कप्तान छु र पछि खेलाडी हुन्छु । नराम्रो खेले मेरो पनि टिममा ठाउँ छैन । टिममा परिन्न । राम्रो खेल्ने सबै खेलाडीको ध्यान हो । सबै खेलाडीको मिहिनेत अनुसार यहाँसम्म आइपुगका छौं । यो स्टेजमा हामी अर्को स्तरमा पुग्ने प्रयासमा छौं, यदि पुग्यौं भने यी सबै कुरा ध्यान दिनु पर्दैन । नेपाली टिम डिभिजन-५ मा थियो । त्यहाँदेखि २ सम्म आउँदा क्रिकेटमा केही परिवर्तन आएको देखेको छैन । चाहे खेलाडीको जीवनमा होस् या ग्राउन्डको कुनै सुविधा वृद्धिमा । प्रशिक्षक (पुवुदु दासानायके) पनि निराश देखिन्छन् । 'एज अ कोच' उनले हामीलाई पाएको अनुसार सिकाइरहेका छन् । उनले सम्झौता गरेका छन् । उनी आफैले धेरै कुरा गर्न मिल्दैन ।
(राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले शुक्रबार सञ्चारकर्मीसँग गरेको कुराकानीका आधारमा)
####
.jpg)





0 comments
Write Down Your Comment