माओवादी कार्यकर्तालाई एमाओवादी कार्यकर्ताले लखेटे
###

१६ कार्तिक, जाजरकोट । डाँडागाउँ गाविसमा चुनाव प्रचारप्रसारका लागि टाँसिएका पर्चा, पम्प्लेट हटाउँदै हिँडेका नेकपा– माओवादीका कार्यकर्तालाई एकीकृत नेकपा(माओवादी)का कार्यकर्ताले लखेटेका छन् । स्थानीय शान्ति समिति जाजरकोटका संयोजक तथा माओवादीका प्रताप जैसीको संयोजकत्वको टोलीलाई एमाओवादीका जिल्ला सहसंयोजक विजय रावलको नेतृत्वको टोलीले लखेटेको एमाओवादीका कार्यकर्ता हिमाल हमालले बताए । जैसी नेतृत्वको टोलीले सबै राजनीतिक दलको प्रचार सामग्री, पम्प्लेट, अपिललगायत सामग्री च्यातेर फाल्ने गरेका थिए ।
####

0 comments

Write Down Your Comment