हृदयघातबाट उम्मेदवारको मृत्यु
###

कपिलवस्तु, कात्तिक २१ कपिलवस्तु क्षेत्र नं १ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार सराफत खाँको हृदयघातबाट ज्यान गएको छ । कपिलवस्तु नगरपालिका १ मस्जिद टोल बस्ने खाँलाई घरमा बसिरहेका बेला गए बुधबार राती १० बजेतिर हृदयघात भएपछि उपचारका लागि भैरहवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

 ५९ वर्षिय खाँ को उपचारका क्रममा बिहीबार विहान ज्यान गएको हो । खाँको मृत्युप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले गहिरो दुख प्रकट गरेको छ । खाँको ३ छोरा, २ छोरी र एक श्रीमती छन् ।
####

0 comments

Write Down Your Comment