###
|
२१ कात्तिक, काठमाण्डौं । टाढाबाट हेर्दा उस्तै देखिने बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, छेवैमा अशोक स्तम्भ र दक्षिणतिर सानो पवित्र पोखरी । महोत्सवका लागि जुटाइएको यो संयोजनले मात्र पनि ६ सातामा ४ लाख भन्दा बढी कोरियालीसहित विदेशीलाई आकषिर्त गरेको छ । दक्षिण कोरियाको राजधानी सिओलबाट करिब ३ सय किमी टाढा रहेको हेसाङ मन्दिरनजिकै सेप्टेम्बर २३ देखि त्रिपिटक महोत्सव सञ्चालनमा छ ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा मिनी लुम्बिनी बनाइएको छ । ३० मिलियन कोरियन वनको लागतमा १ महिना लगाएर कोरियाली कलाकारले यस्तो संरचना निर्माण गरेको कारोबार दैनिकमा खबर छ । त्यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ र पवित्र पुष्करनी कुण्ड दुरुस्तै निर्माण गरिएको महोत्सवमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी पुगेका भिक्षु मैत्रेय महास्थविरले जानकारी दिएका छन् । भिक्षु मैत्रेयका अनुसार १ महिनादेखि उनको नेतृत्वमा भिक्षु गुणघोष र लामा कर्मा दोर्जे लुम्बिीनको प्रचारका लागि त्यहाँ छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment