ताप्लेजुङ सदरमुकाममा आगलागी ,रोटी पकाउँदा उठेको आगोले चार घर जले
###
|
ताप्लेजुङ, कार्तिक १८ - सदरमुकाम फुङलिङ- ७ मा भएको आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । सोमबार दिउँसो २:३० बजे तिर उठेको आगलागीमा काजी मादेन, भद्र बोखिम, दावा एण्ड लामा, पृथ्विध्वज साउदेनको पूर्णरुपमा क्षति भएको छ ।
कौसिमाया पतंवाको आंशिक क्षति भएको प्रहरीले जनाएको छ । जलेका घरमा कुमार साम्यु, सरस्वती कातीर, शेखर दाहाल, डिल्ली सिग्देल, भिमकला लिम्बु, माइली तामाङ, तेजबहादु लिम्बु र उत्तर बहादुर लिम्बु डेरागरी बसेका थिए ।
सेना, प्रहरी र सशस्त्र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा आएको हो । काजीको घरबाट सुरु भएको आगलागी रोटी पकाउने क्रममा भएको भनिए पनि तथ्य खुलिनसकेको प्रहरीले जनाएको छ । होलसेल पसल भएका घरमा आगलागी भएकाले ठुलो क्षति भएको तर यकिन बिबरण आइनसकेको प्रहरीले जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment