विश्वकपमा पुग्ने क्रिकेटरलाई जनही १० लाख पुरस्कार सिफरिस
###
|
१२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ट्वान्टी-२० विश्पकपका लागि छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही १० लाख पुरस्कार दिन सिफारिस गरेको छ ।
राखेपले खेलाडी र प्रशिक्षकलाई जनही १०/१० लाख र अफिसियललाई ३-३ लाख नदग पुरस्कार दिन खेलकुद मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
‘हामीले बोर्डले पछि अनुमोदन गर्ने गरी प्रतेक खेलाडीलाई १०/१० लाख दिन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गरेका छौं’ सदस्य सचिव युवराज लामाले अनलाइनखबरसँग भन्नुभयो ।
सिमित श्रोत र साधनका बावजुद पनि सिमित राष्ट्रहरुको मात्र पहँुच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी भएको राखेपले बताएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment