नेपाल ट्वान्टी-२० विश्वकपको नजिक
###
|
९ मंसिर, काठमाडौं । नेपालको ट्वान्टी-२० विश्वकप क्रिकेटको एक कदम नजिक पुगेको छ । अफ्गानिस्तानले केन्यालाई पराजित गर्नुका साथै डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा पछि परेपछि नेपाल समूहको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।अब नेपालले समूह एको दोस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ, जसमा जित हात पारे २०१४ मा बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । पराजित भएमा प्ले अफबाट विजेता भएर आउने टोलीसँग खेल्ने मौका पाउनेछ, त्यसमा जित हात पारे नेपाल ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।
####
.jpg)




0 comments
Write Down Your Comment