म्यादी प्रहरीले खेले देउसी–भैलो (भिडियोसहित)
###

धनकुटा, कार्तिक १९ । धनकुटाका म्यादी प्रहरीले स्थानीय बजारमा देउसी–भैलो खेलेर मनोरन्जन गरेका छन् । चुनावी तयारीले गर्दा आफ्ना दिदीबहिनीहरुको हातबाट टीका थाप्न घरजान नपाएपछि म्यादी प्रहरी कार्यक्षेत्रमै देउसी–भैलो खेलेर मन बुझाउन बाध्य भएका हुन् । नेपालीहरुको दोस्रो महान चाड तिहारमा सरकारले सम्पूर्ण म्यादी प्रहरीलाई एकदिनको बिदा दिएपनि टाढा घर भएका म्यादी प्रहरी घरै नगई बसेका हुन् ।

 धनकुटाका बिभिन्न स्थानमा तालिमका क्रममा रहेका म्यादी प्रहरीले धनकुटा सदरमुकाम, हिले पाख्रिबास लगायतका स्थानमा देउसी–भैलो खेलेका छन् । उनीहरुको देउसी–भैलो कार्यक्रमलाई स्थानीयबासीले समेत साथ दिएका थिए । चुनावी सुरक्षाका लागि धनकुटामा मोरङबाट म्यादी प्रहरी ल्याइएको छ भने मोरङमा धनकुटाबाट लगिएको छ ।
####

0 comments

Write Down Your Comment