यस्तो छ नेपाली क्रिकेट टोलीको तयारी (तस्बिरसहित)
###
|
काठमाडौं, कात्तिक २१ – ट्वान्टी ट्वान्टी विश्वकप सपना बोकेर चार दिनपछि नेपाली क्रिकेटको राष्ट्रिय टोली युएई जाँदैछ ।
युएई यात्रा सफल बनाउन खेलाडी अभ्यासमा निकै ब्यस्त छन् ।
अभ्यास खेलको क्रममा केही दिनअघि भारतमा खेलेका सात खेलमध्ये छ खेलमा नेपालले जिते पनि भारतीय टिम जुनियर भएकोले चाहेजस्तो सिक्ने मौका भने नेपालले पाएन । नेपालले अपेक्षा अनुसारको नतिजा निकाल्न नेपाल क्रिकेट संघ क्यानले अझ धेरै काम गर्नुपर्ने बताउँछन् नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल । ‘हामीले त्यहाँ गएर केही अनुभव त बटुल्यौं, तर उनीहरु जुनियर टिम थिए ।
हामी विश्वकप खेल्ने सपना बोकेर खेलिरहेका छौं तर त्यस किसिमको अभ्यास हुन सकेन ।’ उनले भने, ‘हामीले भारतमा राज्य स्तरको टोलीसँग खेल्न पाएको भए हामीलाई अझै धेरै फाइदा हुने थियो । हाम्रो यहाँ पनि मैदानको सुविधान अझै राम्रो भएको भए हामीलाई फाइदा हुन्थ्यो । यदि हामी ओडिआई लेभलको टिम देख्ने हो भने अझै धेरै गर्न बाँकि छ ।’ पक्कै पनि नेपाली टोली सिमित स्रोत साधनमा राम्रो नतिजा ल्याइरहेको छ । सन् २०१२ मा डिभिजन फोरमा जितेको नेपाल एक वर्ष भित्रैत्रमा डिभिजन टुमा उक्लिनु त्यसको प्रमाण हो । नेपाली खेलप्रेमीले पनि क्रिकेटलाई विश्वकप खेल्ने एकमात्र खेलका रुपमा लिइसकेका छन् । तर नेपालका लागि विश्वकप यात्रा त्यति सजिलो छैन । कात्तिक २९ गतेदेखि हुने ट्वान्टी–ट्वान्टी विश्वकप छनौट प्रतियोगिताको समूह बी मा रहेको नेपालले वान–डे मान्यता प्राप्त अफगानिस्तान, विश्वकप खेलिसकेको नेदरल्याण्ड, बर्मुडा, डेनमार्क, पपुवा न्युगीनी र केन्यासँग खेल्नुपर्नेछ । प्रतिस्पर्धी १६ टीममध्ये शीर्ष छ टिमले सन् २०१४ मा बंगलादेशमा हुने टी–ट्वान्टि विश्वकपको टिकट काट्नेछन् । तर विश्वकप पुग्ने सपना पुरा गर्न राम्रो तयारी भने भएको देखिँदैन ।
क्यानले गरेको तयारी प्रति खेलाडीहरु नै सन्तुष्ट नभएको देखिन्छ । ‘क्यानले गर्न सकेजति काशिष गरिरहेको छ । तर जति गाम्भीरता हुनुपर्ने हो त्यो भएन ।’ नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘अभ्यासका लागि मैदान उपलब्ध गराउनेदेखि तयारीका अरु काममा क्यानले ध्यान दिएको जस्तो देखिएन ।’ क्यानको कामप्रति खेलाडीकै चित्त दुखाई प्रष्टै देखिन्छ ।
यसले नेपाललाई सफलता दिलाउन निकै गारो पर्ने यथार्थ लुक्न सक्दैन । तर अभ्यासका क्रममा खेलाडीको प्रदर्शनले युएई यात्रा सफल हुनेमा आशावादी छन् नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक जगत टमाटा । ‘हाम्रो टोलीले निकै कडा मेहनत गरेको छ । यसबाट हामी आशावादी छौं, ब्याटिङ, र बलिङ दुवैमा सुधार भएको छ ।’ उनले भने ‘स्पिन बलिङ पनि सुधारिएको छ । दिल्लीमा पनि राम्रो खेलेका छन् ।’ खेलमा आशा हुन सामान्य कुरा हो, तर त्यो तथ्यमा अडिएको छ कि छैन भन्ने हो । भारतमा अभ्यास खेलपछि फर्केर जसरी कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानले राम्रो व्यवस्था नगरेको भन्दै आक्रामक अभिव्यक्ति दिए अनि अभ्यास गर्नुको साटो मैदान बाहिर बसेर सिनियर टोलीले जुनियर टोलीको अभ्यास हेर्नुपर्यो, यसले तयारी कमजोर छ भन्ने कुरा प्रष्ट हुन्छ ।
div>

####
.jpg)

0 comments
Write Down Your Comment