भैसीले हानेर कांग्रेस उम्मेदवार घाइते
###

कपिलवस्तु, कात्तिक २४ - नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. १ का उमेदवार दिपकुमार उपाध्याय भैंसीको आक्रणबाट घाईते हुनु भएको छ ।
घरदैलोका क्रममा कपिल्वस्तुको कोपवा गाविसको भंगलापुर भन्ने ठाउँमा बाटोमा हिड्दै गर्दा आफूलाई भैसीले हानेको नेता उपाध्यायले जानकारी दिनुभयो ।
भैंसीले हान्दा उहाँको हातमा सामान्य चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर उहाँ अहिले फेरी घरदैलो कार्यक्रममा लाग्नु भएको छ । पहिलो चरणको घरदैलो कार्यक्रम सकेर दोश्रो चरणमा दोहोर्याएर घरदैलो थालेको नेता उपाध्यायले जानकारी दिनुभयो ।
####

0 comments

Write Down Your Comment