तिहार सुरु, आज काग तिहार
###
|
काठमाडौं, कात्तिक १५ – आजदेखि हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो पर्व तिहार सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ ।
यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ ।
पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।
आजै आयुर्वेदका आचार्य धन्वन्तरिको जन्म भएकोले धन्वन्तरि जन्मजयन्ती पनि मनाईदैँछ । आजका दिन नयाँ भाँडा किन्ने र त्यसैमा नैवैद्य बनाई लक्ष्मीलाई अर्पण गर्ने परम्परा छ ।
####
.jpg)


.jpg)


0 comments
Write Down Your Comment