इजरायलद्धारा सिरियाको लातकियामा हवाई आक्रमण
###

काठमाडौं (एजेन्सी), कार्तिक १५ । इजरायलले सिरियाको लातकिया सहरमा हवाई आक्रमण गरेको दाबी एक जना अमेरिकी अधिकारीले गरेका छन् । नाम नखुलाइएका ती अधिकारीका अनुसार इजरायली हवाई सेनाले सिरियाको तटीय सहर लातकियाको एउटा हवाई अखडामा आक्रमण गरेको हो ।

उक्त हवाई अखडामा राखिएका रुसी मिसाइलहरु लेबनानको अतिवादी समूह हिजबुल्लाहको हात लाग्ने डरले इजरायलले तीनै मिसाइलहरु ध्वस्त पार्न आक्रमण गरेको दाकी अमेरीकी अधिकारीको छ ।

सिरिया सरकार र इजरायलले भने घटनाप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।

इजरायलले सिरियामाथि यो वर्ष गरेको भनिएको यो तेस्रो हवाई आक्रमण हो ।

यसअघि पनि हिजबुल्लाकै लागि हतियार लैजान लागिएको आशंकामा इजरायलले दुई पटक सिरियाली केन्द्रहरुलाई निशाना बनाइसकेको छ ।
####

0 comments

Write Down Your Comment