चुनावी बहसः राजनीतिक दलहरुको चुनावी एजेण्डा
###

२०६४ चैतमा भएको संविधानसभा चुनावमा पाएको मतको आधारमा ठूला भनिएका एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) तीनवटै राजनीतिक दलहरुले यसपटकको चुनाव आफैले जित्ने दावी गरेका छन् । भोट हाल्न करीव हप्ता दिन बाँकी छँदा मतदाता यी ठूला दलका नेताबाट के जान्न चाहन्छन् त? साझा सवालको राष्ट्रिय चुनावी बहसमा आज अघिल्लो संविधानसभाको संरचनाअनुसार ठूला दलका नेताहरुसँग नयाँ संविधानसभामा जनमतको प्रतिनिधित्व यी दलहरुले कसरी गर्छन् भन्ने विषयमा बहस गर्दैछौं । करीव ८० जना सहभागीहरुको बीचमा बहसका लागि एकीकृत नेकपा (माओवादी) का नेता तथा काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार लीलामणि पोखरेल, नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार डा. प्रकाशशरण महत र नेकपा (एमाले) का नेता अग्नि खरेल हुनुहुन्छ ।
####

,

0 comments

Write Down Your Comment