अन्तरीक्षको चट्टान पृथ्वीमा ठोकिने
###

काठमाडौं, कार्तिक २१ । अन्तरीक्षको चट्टान एस्टरायड पृथ्वीमा ठोकिन सक्ने र सोचेभन्दा घातक हुने सम्भावना रहेको निष्कर्ष बैज्ञानिकहरुले निकालेका छन् । विज्ञान पत्रिका नेचरमा हालै प्रकाशित अध्ययनका अनुसार यस बर्ष रुसमा खसेको चट्टानभन्दा शक्तिशाली चट्टान पृथ्वीतर्फ अघि बढिरहेको छ । यसअघि रुसमा खसेको चट्टान ६७ हजार ७ सय किलोमीटर प्रतिघण्टाको दरले अन्तरीक्षबाट पृथ्वीमा खसेको थियो ।
यसले रुसका हजारौं घरका ढोका र झयाल नष्ट गरेको थियो भने १६ जना घाइते भएका थिए । रुसमा खसेको भन्दा शक्तिशाली मानिएको अर्को चट्टानले योभन्दा बढी क्षति गर्न सक्ने भन्दै बैज्ञानिकहरुले बिश्व समुदायलाई सचेत तुल्याएका छन् । यद्यपि, पृथ्वीमा खस्ने समय सीमा भने तोकिएको छैन ।
####

0 comments

Write Down Your Comment