रक्सीले न्यायो हुन्छ भन्ने मीठो भ्रम मात्रै
###

२७ पुस, काठमाडौं । जाडोले च्याप्दै ल्याएको छ । यस्तो बेला जीउ कसरी तताउने ? धेरै नजाले मद्यपानलाई सजिलो विकल्प मान्ने गरेका छन् । तर, चिकित्सकहरुका अनुसार मद्यपानपछि न्यानोको अनुभूति हुने गरे पनि त्यो मीठो भ्रम मात्रै हो । मद्यपानका कारण शरीर चिसोचाँही हुन्छ, तातो होइन । यसैले यो मौसममा मातेर राति ढलेकाहरु भोलिपल्ट विहान पनि नउठ्न सक्छन् ।

यो मौसममा शरीर चिसिने समस्या अथार्त शिताङ्ग (हाइपोथर्मिया) बाट जोगिन अत्यावश्यक छ । ‘चिसो मौसममा रक्सी खाएपछि यदि न्यानोपनको अनुभूति गर्नुहुन्छ भने यो तपाईका लागि चेतावनी हो,’ मद्यपानले जाडो भगाउने गतल धारणा समाजमा विद्यमान रहेको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन् ‘तपाइँहरु हाइपोथर्मियाको सिकार हुन सक्नुहुन्छ ।’ शीताङ्ग अर्थात हाइपोथर्मियाका कारण उपत्यकामा बर्सेनि केही व्यक्तिको मृत्यु हुने गरेको कान्तिपुर दैनिकमा खबर छ ।
####

0 comments

Write Down Your Comment