सुनको भाउ ४ सय बढ्यो, चाँदी १५ रुपैयाँ घट्यो
###
![]() |
१६ फागुन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर ५६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुनको भाउ स्थीर रहँदै तोलाको ५६ हजार ९८ रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेर किनबेच भइरहेको छ । बजारमा चाँदी तोलाको ८ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।
####
0 comments
Write Down Your Comment