भोटेकोशी र त्रिशुलीमा र्याफ्टिङको मज्जा (फोटो फिचर)
###
|
१७ फागुन, काठमाडौं । गर्मी मौसम सुरुलगत्तै राजधानी नजिकैकको त्रिशुली र भोटेकोशी नदीमा र्याफ्टिङको भीड लाग्न थालिसकेको छ । विशेष गरी प्लस टु र डिप्लोमाका विद्यार्थीलगायत बैंकका कर्मचारीहरुको छुट्टी मनाउने स्थलका रुपमा परिचित बन्दैछ भोटेकोशी र त्रिशुत्रीको र्याफटिङ । बिहान काठमाण्डौ उपत्यकाबाट गई र्याफ्टिङ गरेर उसैदिन र्फकन सकिने भएकाले यी नदीहरुमा र्याफ्टिङ गर्नेको संख्या बढ्न थालेको छ । अहिले कलेज तथा प्लस टु अध्ययन गर्ने विद्यार्थीको संख्या अत्यधिक बढेको बताउँछन् र्याफ्टिङ स्टारका इन्द्र राई । उनी भन्छन्-


‘फागुन १५ देखि र्याफ्टिङको मौसम सुरु भयो, अब जेठसम्म खानेसमेत फुर्सद हुदैन । अझ शुक्रबार, शनिबार र विदाको दिनमा त झन कुरै नगरौं ।’ त्रिशुलीमा मालीगाऊँ अथवा चरौंदीबाट र्याफ्टिङ सुरु भई फिस्लिङ्ग अथवा कुरिनघाटसम्म हुने गर्दछ । जसको लम्बाइ १८ किलोमिटरदेखि २१ किलोमिटरसम्म रहेको छ । त्यसैगरी भोटेकेशीमा खाडीचौरबाट सुरु भई सुकुटेसम्म १६ किलोमिटरको दुरीमा र्याफ्टिङ हुने गर्दछ । त्रिशुलीमा र्याफ्टिङका लागि प्रतिव्यक्ति २ हजार ५ सय र भोटेकोशीमा ३ हजार रुपैयाँ लाग्ने गर्दछ । काठमाण्डौदेखि यातायात, खाना र र्याफ्टिङ समेत यही शुल्कमा गराइने गरिन्छ ।
####
.jpg)












0 comments
Write Down Your Comment