###
|
१० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा ५३ वटा लगानी परियोजनाहरु रहेको भन्दै त्यसमा विदेशी लगानीकर्तालाई लगानी गर्न औपचारिक आग्रह गरेका छन् । वैद्यले अघि सारेका त्यस्ता ५३ वटा ठूला लगानी परियोजना कस्ता-कस्ता होलान् ? नेपाल उद्योग वाणिज्य संघका अनुसार त्यस्ता परियोजनाहरुमध्ये पर्यटन क्षेत्रमा विभिन्न ८ वटा ठूला लगानीका क्षेत्र छनोट गरिएका छन् । त्यस्तै कृषि क्षेत्रका १०, पूर्वाधार क्षेत्रका १२, जलविद्युत क्षेत्रका १०, उद्योग क्षेत्रका ५, सेवा क्षेत्रका ७ र खानी तथा बहुमूल्य धातुसँग सम्बन्धित १ गरी कुल ५३ वटा ठूला आयोजनाहरु छनोट गरिएका छन् । यी आयोजनामा विदेशी लगानी कर्ताले ध्यान दिएको खण्डमा नेपालको विकासमा उल्लेख्य सुधार हुने व्यवसायीहरुको दाबी छ ।
कृषि क्षेत्रका १० परियोजना कुल ५३ मध्ये कृषि क्षेत्रका १० परियोजनाभित्र पोखरा र काठमाडौंमा सुजल डायरी स्थापना गर्ने लक्ष छ । त्यस्तै बारामा नेपाल ग्रामउद्योग, अर्घाखाँचीमा सामकोट बहुउद्येश्यीय कृषि परियोजना, लुम्बिनीमा तन्नेरी एक्सोटिका (अस्ट्रिज प्रोजेक्ट) र इटहरी भैरहवा र वीरगञ्ज लगायतका शहरमा ग्रायन वायरहाउजिङ तथा लमजुङमा अमरावती कृषि परियोजना र इलामको फिक्कलमा अर्थोडक्स टि प्रोडक्सन एण्ड प्रोसेसिङ प्लान्ट स्थापना गर्ने योजना रहेका छन् । त्यस्तै बारादेखि सुर्खेत लगायतका जिल्लामा म्याप कलेक्सन, प्रोडक्सन एण्ड प्रोसेसिङ स्थापना गर्ने लक्ष छ ।
चितवनको मेघौलीमा डायरी क्याटल एण्ड प्रोसेसिङ प्लान्ट र बुटवलमा हिमाली कृषि तथा अनुसन्धान फार्म खोल्ने परियोजना प्रस्ताव अघि सारिएको छ । जलविद्यतु क्षेत्रका १० आयोजना प्रस्तावित परियोजनाअन्तरगत म्यादीमा २५ मेघावाट क्षमताको मध्य कालीगण्डकी हाइड्रोपावर बनाउने लक्ष छ । त्यस्तै सोलुखुम्बुमा सोलुखोला (दूधकोशी) जलविद्युत परियोजना (८६ मेघावाट) र धादिङमा ३६ मेघावाटको आँखु हाइड्रो पावर प्रोजेक्ट अघि सारिएको छ । जलविद्युततर्फका परियोजनाहरुमा मुस्ताङ र म्याग्दीमा कालीगण्डकी गोर्गे हाइड्रोपावर (१६४ मेघावाट), गोरखामा बुढीगण्डकी क (१३० मेघावाट) र दोलखाको लामाबगरमा लाप्चेखोला हाइड्रोपावर निर्माणको योजना अघि सारिएको छ । त्यस्तै सुलुखुम्बुकै लिखु ए जलविद्युत (२४.२ मेघावाट), लिखु १ जलविद्युत परियोजना (५१.१ मेघावाट) र रामेछाप एवं सोलुको सीमानामा पर्ने लिखु २ परियोजनाबाट ३३.४ मेघावाट विद्युत निकाल्ने प्रस्ताव उद्योगीहरुले अघि सारेका छन् ।
त्यस्तै रसुवाको साजेनखोला हाइड्रोपावरकाट ७८ मेघावाट विद्युत निकाल्ने लक्ष छ । पर्यटन क्षेत्रका ८ आयोजना कुल ५३ मध्ये पर्यटनतर्फ ८ वटा परियोजनामा लगानी आह्वान गरिएको छ । यीमध्ये दोभान ७, नुवाकोट, पाल्पामा हिलसाइट भिलेज रिसोर्ट प्रालि स्थापना गर्ने लक्ष छ भने नगरकोटमा द भ्याली भिल्ला स्थापना गर्ने कार्यक्रम छ । त्यस्तै काठमाडौंमा सुपर लक्जरी बिजनेश होटेल र पोखरामा इको रिसोर्ट होटल स्थापना हुनेछ । बनेपामा रिसोर्सेज हिमालय बुटिक रिसोर्ट र मुस्ताङमा लो मुस्ताङ रिसोर्ट खोलिने छ । भक्तपुरमा ‘काठमाडौं भ्याली रिसोर्ट’ र लुम्बिनीमा लर्निङ सेन्टर एण्ड वेलनेस होटल स्थापना गरिने कार्यक्रम छ । पूर्वाधार क्षेत्रका १२ आयोजना नेपाली उद्योगी व्यवसायीले अघि सारेका ठूला परियोजनामध्ये १२ वटा पूर्वाधारक्षेत्रका रहेका छन् । तीमध्ये पोखरा, प्युठानको स्वर्गद्वारी र ताप्लेजुङको पाथिभरामा केबुलकार बनाइने बताइएको छ । त्यस्तै धुलिखेल डि्रमल्याण्ड प्रोजेक्ट, काठमाडौंको कमलादीमा जेएसबी फाइनान्सियल सेन्टर स्थापना गर्ने लक्ष छ । थानकोट-चन्द्रागिरी केबलकार प्रोजेक्टलाई पनि पूर्वाधार विकास अन्तरगत राखिएको छ ।
त्यसैगरी दोलखाको लाकुरीडाँडामा फिल्मसिटी बनाइने भएको छ । काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्गदेखि काठमाडौंको सीतापाइलामा ‘सिनियर’ नागरिकका लागि स्वयंभु होटेल एण्ड अपार्टमेन्ट खोल्ने योजना छ । काठमाडौंको रिङरोड बाहिर लजिष्टिक पार्क एवं मल्टी च्याम्बर कोल्ड स्टोर खोलिने प्रस्ताव अघि सारिएको छ । त्यस्तै काठकाडौको बसन्तपुर दरबार पछाडि ‘अर्बान रिजेनेरेशन प्रोजेक्ट’ ल्याइने भएको छ । उद्योग क्षेत्रका ५ आयोजना उद्योग क्षेत्रमा पाँचवटा मात्रै आयोजना अघि सारिएको छ । तीमध्ये पोखरामा सुजल फुड प्राइभेट लिमिटेड, हेटौडामा आरएस सिमेन्ट प्लान्ट र पर्साको ठोरी क्षेत्रमा कैलास गु्रप आफ एन्डष्ट्रिज मार्फत् दुग्ध उद्योग र पशु फार्म सञ्चालन गरिने कार्यक्रम छ । सिरहा सप्तरी र उदयपुरमा ठूलो परिमाणमा बाँस उद्योग खोलिने बताइएको छ । त्यस्तै तनहुँको आँबुखैरनीमा ‘वियर म्यानिफ्याचरिङ इन्डिष्ट्रिज’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ ।
सेवा क्षेत्रका ७ परियोजना सेवामूलक क्षेत्रमा ७ वटा परियोजना छन् । यीमध्ये ललितपुरको भैंसेपाटीमा महतो मेडिसिटी, -मेडिकल कलेज र अस्पताल स्थापना गरिने छ । त्यस्तै उपत्यकामा साझा यातायात विस्तार गर्ने योजना छ । हात्तीगाउँमा संसार पब्लिकेसन्स एण्ड मिडिया प्रालि खोल्ने योजना छ । काठमाडौंमै टेक्निकल युनिभर्सिटी, एसियन एकेडेमी अफ इन्टिग्रेटेड साइन्स र ‘एम नेपाल मोबाइल फाइनाइन्सियल’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ भने चितवनमा चितवन मेडिकल विश्वविद्यालयस्थापना गर्ने प्रस्तावसहित विदेशी लगानीको आह्वान गरिएको छ । खानी तथा बहुमूल्य पथ्थरसँग सम्बन्धित लगानीको स्थल पहिचान भइनसकेको उद्योग वाणिज्य संघले जनाएको छ । शंकर ग्रुपका सहसिल अग्रवालमार्फत् तयार पारिएको खानीसम्बन्धी परियोजनाको नाम ‘आइरन अर माइनिङ एण्ड स्टिल मेकिङ प्रजेक्ट’दिइएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment