###
|
१० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा अमेरिकन कर्नर पुस्तकालय खोलिने भएको छ । अमेरिकन कर्नरको स्थापनासम्वन्धी सम्झौतामा अमेरिकी राजदूत पिटर डब्लु. बोडी र उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले हस्ताक्षर गरेका छन् । कर्नर सन् २०१४ को अन्त्यमा खोलिनेछ । अमेरिकी दूतावासको सहयोगमा नेपालमा खोलिने यो सबैभन्दा ठूलो अमेरिकन कर्नर पुस्तकालय हुनेछ । दश हजारभन्दा बढी पुस्तक, अनलाइन स्रोत र उच्च ब्यान्डविथको इन्टर्नेट सुविधा हुने उक्त पुस्तकालयमा एक पटकमा ५० भन्दा बढी सेवाग्राहीहरू अटाउने क्षमता हुने दूतावासले जनाएको छ । पुस्तकालयमा उपलब्ध पि्रन्ट तथा डिजिटल सामग्रीहरू उद्यमशीलता लक्षित हुनेछन् । महासंघका जिल्ला चेम्बर कार्यालयहरूमार्फत् पनि उद्यमशीलतासम्बन्धी जानकारी नेपालभरी प्रचारप्रसार गरिनेछ । यस आठौं अमेरिकन कर्नरमा दूतावासको सार्वजनिक कार्यक्रमहरू सञ्चालनका लागि वैठक स्थलहरू पनि हुनेछन् । सम्भौता हस्ताक्षर समारोहमा राजदूत बोडीले यस नयाँ अमेरिकन कर्नर खोल्नुको पछाडि नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्ने अमेरिकी दूतावासको चासो रहेको बताए ।
####
.jpg)




0 comments
Write Down Your Comment