टुहुरो भएका विरेनले भने, ‘सबैले हेपे’
###
|
चैत्र २८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘मनले मनलाई छुन्छ’ यूनिटले एक कार्यक्रमको आयोजना गर्दै पोस्टर सार्वजनिक गरेको छ । आइतबार बरिष्ठ चलचित्र निर्देशक स्वर्गिय शिव रेग्मीको निवास चितवनमामा आयोजना गरीएको कार्यक्रममा उनको बारेमा तयार पारिएको ६ मिनेट लामो बायोग्राफी समेत देखाइएको थियो ।
रेग्मी निवास भरतपुर नगरपालिका ४ मा सम्पन्न कार्यक्रममा राजधानीबाट आएका तथा चितवनमा सक्रिय पत्रकार एवं फिल्मकर्मीहरुको साथमा स्थानिय शुभेच्छुकहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त राख्दै नायक बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट बनेकाले सबैलाई हेरिदिन आग्रह गरे । उनले रेग्मी नुहँदा आफूहरु सबैबाट हेपिएको बताउदै दुख गरेर फिल्म रिलिज गर्न लागेको बताए ।
नायिका गरिमा पन्तले हरेका कलाकारलाई एउटा राम्रो ब्यानर, राम्रो निर्देशक र आफ्नो सशक्त अभिनय भएको चलचित्र खेल्ने रहर हुने र आफ्नो त्यो रहर चलचित्र ‘मनले मनलाई छुन्छ’ले मेटाइदिएको बताइन । कार्यक्रममा बोल्दै रेग्मी पत्नी ज्ञानु रेग्मीले चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक रेग्मीको ‘आफन्त’पछि उत्कृत्ट चलचित्र बनेकेा बताउदै आफ्नो पतिको अन्तिम सिर्जना भएकोले सबैलाई एकपटक हेरिदिन आग्रह गरिन् ।
कार्यक्रमको अवधिभर रेग्मीकी आमा भक्तमाया रेग्मी भाव विहृवल भइरहेकी थिइन । कार्यक्रमका प्रमुख अतिथि ऋद्धिचरण श्रेष्ठ र रेग्मीकी आमा भक्तमाया रेग्मीले चलचित्रको पोस्टर लञ्च गरेका थिए । कार्यक्रम चलचित्रका निर्माता सुनिल सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
####
.jpg)





0 comments
Write Down Your Comment