दक्षिणी हिन्द महासागरमा भेटिएको टुक्रा ‘बेपत्ता मलेसियन जहाजको’
###

 झन्डै दुई सातादेखि हराएको मलेसियन जहाजको अंश हिन्द महासागरको दक्षिणी भेगमा फेला परेको हुनसक्ने अष्ट्रेलियन प्रधानमन्त्रीले बताएका छन्।

अष्ट्रेलियाको राजधानी पर्थबाट २५०० किलोमिटर टाढा भेटिएको भाग उक्त विमानको अंश हुनसक्ने सम्भाव्यता अष्ट्रेलियाली प्रधानमन्त्रीले व्यक्त गरेका हुन्।

ती सम्भावित अंश के हुन् भनेर पत्ता लगाउन चारवटा विमान त्यसतर्फ पठाइएका छन्। पछिल्लोपटक भेटिएको अंश २४ मिटरको भएको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन्। अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एब्बटले यसबारे सदनमा जानकारी गराउँदै यो जानकारी नयाँ र भरपर्दो भएकोसमेत बताएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरबाट २३९ यात्रु बोकेर चीनको राजधानी बेइजिङ उडेको मलेसियन एयरलाइन्सको जहाज १२ दिनअघि बेपत्ता भएको थियो।

एजेन्सीहरुका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्रीले यसबारे मलेसियाली प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन्।



####

0 comments

Write Down Your Comment